सेयर बजारमा ८८ अंकको पहिरो, परिसूचक २३ सय अंकमा आइपुग्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ सय ६१ अंकमा आइपुगेको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिननै ८८ अंकको गिरावट आएको हो । एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको छ ।
परिसूचकमा ठूलो अंकको गिरावट आएको दिन कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबर ७४ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेको दिन आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ ।
जीवन बीमा समूहमा ५०७ अंक, निर्जीवन बीमा समूहमा ४९० अंक, विकास बैंक समूहमा २८१ अंक, व्यापार समूह १८९ अंक र उत्पादनमूलक समूहमा १८६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा १७५ अंक तथा वित्त समूहमा एकसय अंकको गिरावट आएको छ ।
खासगरी, पछिल्लो समय बैंकहरुमा आएको तरलता अभावका कारणले बजारमा लगानीयोग्य रकम नहुँदा नेप्से निरन्तर घट्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश र सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउँदै गण्डकी प्रदेश
-
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम
-
त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती