एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, को–को परे ओलीको प्रस्तावमा ?
नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए । ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशव राज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् । त्यस्तै उपत्यका विशेषमा प्रेम पराजुली रहेका छन् ।
यसअघि ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्ने ४४ जनाको नाम प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो र प्रदेश अध्यक्षहरूको नाम ओली एक्लैले प्रस्ताव गरेको भन्दै बैठकमा नेताहरुले आलोचना गरेका थिए । यसरी आलोचना गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
-
ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल
-
बद्रीनाथ धाममा दान अनियमितताको आरोप, एक कर्मचारी पक्राउ
-
ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण