भोट कसलाई...
तस्बिरमा हेर्नुहोस् काँग्रेस महाधिवेशनमा उम्मेदवारहरूको प्रचार शैली
आइतबार, २६ मङ्सिर २०७८, १३ : ५८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । मतदानको पूर्वसन्ध्या महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्रमा छुट्टै रौनक देख्न सकिन्छ । सभापति शेरबहादुर देउवा र शशांक कोइराला प्यानल नै बनाएर केन्द्रीय नेतृत्वको दौडमा छन् । उनीहरूसँगै विमलेन्द्र निधि, प्रकाशमानसिंह र कल्याण गुरुङले पनि सभापति पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
१३४ वटा विभिन्न पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरूले यतिबेला आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । प्रचारका लागि धेरैले रोचक शैली पनि अपनाएका छन् । हेरौँ तस्बिरहरू :