दुर्गा प्रसाईलाई पनि एमाले केन्द्रीय सदस्य बनाउने केपी ओलीको प्रस्ताव
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् । बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा व्यवसायी दुर्गा प्रसाई पनि रहेका छन् ।
प्रसाईसँगै रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डित लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ ।
ओलीको प्रस्तावमाउपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफ्ना धारणा राखिसकेका छन् । त्यस्तै सचिव योगेश भट्टराईले आफ्ना सुझाब राखेपछि अर्का सचिव गोकर्ण विष्टले आफ्ना धारणा राखिरहेका छन् ।
गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा आजै स्थायी समिति र पोलिटब्युरो गठनका लागि अध्यक्ष ओलीले नाम प्रस्ताव गर्नेछन् । एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । शनिबारबाट सुरु भएको एमालेको दोस्रो बैठक आजै सक्ने तयारी छ ।
यी हुन् ओलीले प्रस्ताव गरेका अन्य केन्द्रीय सदस्यहरुको नाम
ऐन महर
चन्द्रमोहन गौतम
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
रेशम लामा
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
उमा कोइराला
कल्पना चापागाईँ
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राणा
सविता यादव
तारादेवी गुरुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण