राष्ट्रपति भण्डारी जुम्लामा
आइतबार, २६ मङ्सिर २०७८, १३ : ०१
राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज बिहान ११ः २० बजे जुम्ला आइपुगेकी हुन् ।
उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।
‘राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ,” डा.रावलले भने, “त्यसपछि रु ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’