आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता लिँदै शेखरलाई समर्थन गरेको घोषणा

आइतबार, २६ मङ्सिर २०७८, १२ : ३७
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि  उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । 

सो अघि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।  उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उनलाई सघाउने पनि बताएका छन् ।

यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ । समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो ।  अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप