आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शेखरको दाबी : पहिलो चरणमा नै जित्छु

आइतबार, २६ मङ्सिर २०७८, १२ : ०१
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने दाबी गरेका छन् । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र सुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको बताए । काँग्रेसमा आवश्यक रूपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरूको जित सुनिश्चित रहेको जिकिर गरे । उनले ऊर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप