शेखरको दाबी : पहिलो चरणमा नै जित्छु
नेपाली काँग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने दाबी गरेका छन् । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् ।
उनले विपीले परिकल्पना गरे जस्तो र सुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको बताए । काँग्रेसमा आवश्यक रूपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरूको जित सुनिश्चित रहेको जिकिर गरे । उनले ऊर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण