आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी फिर्ता लिने काँग्रेस नेताको सोधीखोजी : मेरो १० हजार के हुन्छ ?

आइतबार, २६ मङ्सिर २०७८, ११ : २०
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकाहरु मध्ये आइतबार ११ बजेसम्म २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेता मीन विश्वकर्मा समेत रहेका छन् ।  उम्मेदवारी फिर्ता लिनेमध्ये केही उम्मेदवार आफूले यसअघि बुझाएको रकम के हुन्छ भन्दै सोधीखोजी गर्दै थिए । अल्पसंख्या (खुल्ला) तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका महेश कुमार कोमोचा (सुनुवार) ले उम्मेदवारी फिर्ता लिएपछि रकम भने फिर्ता नपाइएको बताए । 

उनी उम्मेदवारी फिर्ता लिएपछि आफूले बुझाएको १० हजार फिर्ता हुन्छ कि भनेर सोध्दै निर्वाचन समितिकहाँ पुगेका थिए । जवाफमा निर्वाचन समितिले रकम फिर्ता नहुने जानकारी गरायो ।  रकम फिर्ता नहुने भएसँगै उनले १० हजार गुमाएर उम्मेदवारी पनि फिर्ता लिएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि १० हजार शुल्क तोकिएको छ । 

काँग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ताको लागि साढे १२ बजेसम्मको समय तोकिएको छ भने त्यसपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्नेछ । समितिले प्रारम्भिक सूची प्रकाशित गर्दा भने ५४८ जनाले मनोनयन दर्ता गराएको उल्लेख थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप