बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा केसी

आइतबार, २६ मङ्सिर २०७८, ११ : ०४
आइतबार, २६ मङ्सिर २०७८

नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा तिलक केसी निर्वाचित भएका छन् । शनिबार प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मा र सचिव टीबी कार्कीको विशेष आतिथ्यमा भर्चुअल माध्यमबाट अधिवेशन गरेर केसीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुराम सापकोटा र महासचिवमा माथवर सिंह राउत रहेका छन् । अधिवेशनमा सुरेन्द्र भुसाल, केशव नेपाल, इन्द्रराज भट्टराई, शुष्मा भुसाल, गंगा भुसाल, प्रकाश अधिकारी, चन्द्र राई, अभि शर्मालगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप