स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्दै एमाले
आइतबार, २६ मङ्सिर २०७८, १० : ४३

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि बस्दैछ । भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा आइतबार ११ बजेपछि बस्ने बैठकले पार्टीको स्थायी समिति र पोलिटब्यूरो कमिटी गठन गर्ने एजेण्डा छ ।
१५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने तयारी छ । स्थायी समिति र पोलिटब्युरोमा पर्ने नामहरूबारे शनिबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले सामान्य जानकारी गराएका थिए । शनिबारको बैठकले २३ पुसमा जिल्ला अधिवेशन, ८ माघमा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण