नेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा

अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्स सिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ । नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र माइक फ्लानागनको निर्देशनमा बनाउने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रका १५ जना अभिनेताहरूमा सापकोटा पनि परेका हुन् ।
यता सापकोटाका पिता डा सञ्जीव सापकोटाले आफ्नो छोराले एडगर एलान पोले लेखेको कथामा आधारित फल अफ द हाउस असरमा अभिनय गर्न पाएकोमा सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट क्लब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२ मा प्रदर्शन हुने पनि सापकोटाले बताए । सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित विश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस