सिटीको विवादास्पद जीत
शनिबार, २५ मङ्सिर २०७८, २१ : ३२

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । राहिम स्टर्लिङले विवादास्पद पेनाल्टीबाट खेलको एक मात्र गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । प्रिमियर लिगमा उनको यो १ सयौँ गोल थियो ।
जोआ मोन्टिन्होले बर्नार्डो सिल्भाको क्रसमा ह्यान्डबल गरेको भन्दै रेफ्रीले खेलको ६६ औँ मिनेटमा सिटीलाई पेनाल्टी दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले पेनाल्टी दिइए पनि बल मोन्टिन्होको हातमा नभएर काखीमा लागेको प्रष्ट देखिएको थियो । पेनाल्टीलाई स्टर्लिङले सजिलै गोलमा परिणत गरे ।
यसअघि पहिलो हाफको इन्जुरी समयमा राउल जिमिनेजले ३१ सेकेन्डको अन्तरमा दुईवटा पहेँलो कार्ड पाए पछि वुल्भ्स १० खेलाडीमा सीमित बनेको थियो । जीतपछि सिटी ३८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । वुल्भ्स २१ अंकसहित आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू