कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वका लागि तीन आकांक्षी, यस्तो रह्यो प्रदेश अधिवेशनको उद्घाटनसत्र (तस्बिरहरु)
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अधिवेशन शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । आइतबारसम्म चल्ने अधिवेशन अन्तर्गत शनिबार उद्घाटन सत्र सम्पन्न भएको छ । प्रदेशको प्रथम अधिवेशनले २११ सदस्यीय नयाँ कार्यसमिति छनोट गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदिप)ले जानकारी दिए ।
आइतबार बिहानदेखि सुरु हुने बन्दसत्रका लागि पाँच सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ । जसमा वर्तमान पार्टी सचिव रामदिप आचार्य, विन्दमान विष्ट, विमला केसी, विष्णु विक र कार्चेन लामा छन् । बन्दसत्रमै पार्टीका प्रदेश अध्यक्ष राजकुमार शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको मल्लले बताए ।
प्रदेशमा पार्टी नेतृत्वको दौडमा निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सह–इञ्चार्ज महेन्द्रबहादुर शाही, पूर्व मन्त्री विमला केसी र वर्तमान अध्यक्ष राजकुमार शर्मा छन् । तथापि वर्तमान कार्यसमितिलाई नै पुनः निर्वाचित गर्नका लागि ‘लबिङ’ भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
उनले भने, ‘पाँच महिना अघिमात्रै वर्तमान नेतृत्वलाई जिम्मेवारी दिइएको थियो । त्यसैले नयाँ नेतृत्व छनोट गर्ने सम्भावना छैन ।’
हेर्नुहोस् अधिवेशनको पहिलो दिनका तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल