देउवा, शेखर, प्रकाशमान र विमलेन्द्रको समर्थक र प्रस्तावकमा को-को ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदका लागि शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दिएका छन् । देउवाका अतिरिक्त डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।
सभापति पदमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, मीन विश्वकर्मा, अजय चौरसिया, बहादुर सिंह, भीमसेन दास प्रधान र चित्रलेखा यादव छन् । यस्तै, समर्थकमा गोपालमान श्रेष्ठ, रमेश रिजाल, जीवनबहादुर शाही, गोविन्द परियार, अम्बिका बस्नेत, जगतबहादुर तामाङ र मुख्तार अहमद छन् ।
यसैगरी सभापति पदका लागि शेखर कोइरालाले दर्ता गराएको मनोनयन पत्रमा समर्थकका रुपमा अमरसिंह पुन, गुरुराज घिमिरे, विनोद बान्तावा, अर्जुन कुमार पोखरेल, केदार भण्डारी, रामकृष्ण यादव र चतुरबहादुर चन्द छन् । समर्थकमा भने डिगबहादुर, अर्जुनबहादुर तुम्बाहाम्फे, शुक्रराज शर्मा, सुरेशराज आचार्य, रत्ना शेरचन, अब्दुल कलाम र भुपेन्द्रजङ्ग शाही छन् ।
यस्तै, प्रकाशमान सिंहको उम्मेदवारीमा समर्थकहरु कृष्ण बानियाँ, दिव्यमणि राजभण्डारी, प्रभातकुमार दाहाल, छिरिङदोर्जे लामा, कञ्चनचन्द्र, दीर्घबहादुर केसी र दिपेन्द्रकुमार श्रेष्ठ छन् । समर्थकमा जितेन्द्रकुमार श्रेष्ठ, हरिप्रभा खड्गी, राजेन्द्रकुमार केसी, मिथिलेशकुमार मिश्र, गीता सत्याल, चेतबहादुर मगर र नवीन राई छन् ।
यसैगरी विमलेन्द्र निधिको उम्मेदवारीको प्रस्तावकमा रामसरोज यादव, खिलानाथ, पोषनाथ शर्मा, भगिरथ पोद्दार, मिनाक्षी झा, मोहम्मद शोएब, कृष्णकुमारी शाही छन् भने समर्थकमा महेशशंकर गिरी, राजनकाजी खाती, कपिलदेव साह, देवकी नेपाली, सम्वर्धन तामाङ, सञ्जयकुमार गुप्ता र ध्रुवप्रसाद पौडेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री
-
रवि लामिछाने पार्टी कार्यालय पुग्दा जे देखियो, तस्बिरहरू
-
रास्वपा बैठक सुरु, राजनीतिमा रविको ‘कमब्याक’
-
आफ्नै आदर्श जोकोभिचलाई हराउँदै ऐतिहासिक उपाधि चुमे ज्याकब मेनसिकले
-
झलनाथको आरोप: जलविद्युत योजनाको पीपीएबाट ८ अर्बको लेनदेन हुँदैछ
-
तीनकुने घटना आपराधिक हो: उपेन्द्र यादव