आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत , युवक पक्राउ

शनिबार, २५ मङ्सिर २०७८, १८ : ४३
शनिबार, २५ मङ्सिर २०७८

भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका मध्यपुर ठिमी नगरपालिका(२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप