बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महामन्त्री शशांकले गराए केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

शनिबार, २५ मङ्सिर २०७८, १६ : ०३
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत  तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

यसअघि शशांक सभापतिकै आकाङ्क्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेसबाट पछि हटेका थिए । यसैबीच डा शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप