बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्यानलसहित शेखर कोइरालाले गराए सभापतिमा उम्मेदवारी दर्ता, यस्तो छ टीम (तस्बिरमा हेर्नुहोस्)

शनिबार, २५ मङ्सिर २०७८, १६ : ०१
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनका टीमका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कोइरालको टीममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन् भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप