सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी दर्ता गर्न पुगे शेखर

शनिबार, २५ मङ्सिर २०७८, १५ : ४६
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवार रहेका शेखर कोइराला उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा गृह पुगेका छन् । उनीसँगै प्यानलका सदस्यहरु साथ रहेका छन् ।

यस्तो बन्यो टीम शेखर
कोइरालाको टीम तयार भइसकेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप