मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते
शनिबार, २५ मङ्सिर २०७८, १४ : ५४

मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संघ संस्थामाथिको हमला लोकतन्त्र माथिको हमला’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु, १ सयभन्दा घाइते
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति
-
हरिवंशले सुरु गरे ‘हरिबहादुरको जुत्ता’को डबिङ