लुम्बिनीमा माओवादीका १ लाख १२ हजार बढी संगठित सदस्य
शनिबार, २५ मङ्सिर २०७८, १४ : ३३
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा १ लाख १२ हजार १८८ जना माओवादी केन्द्रका संगठित सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा नेता जगप्रसाद शर्माले प्रदेशमा पार्टी सदस्य र पार्टीका गतिविधिबारे जानकारी गराएका हुन् ।
त्यसक्रममा उनले २६ वटा संघीय निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्र, १०९ वटा पालिका र ९८३ वडामा सम्मेलन सम्पन्न भएको पनि जानकारी दिए । उनले लुम्बिनी प्रदेश ऐतिहासिक, सांस्कृति मात्रै नभइ हिजोको विभिन्न आन्दोलनले पनि महत्वपुर्ण रहेको बताए । उनले लुम्बिनी कम्युनिस्ट आन्दोलनका लागि समेत उर्वर भुमि भनेर चिनिएको भन्दै नेकपा माओवादीको संगठन निर्माण व्यापक बनेको बताए । शर्माले पार्टी केन्द्रको निर्देशन अनुसार संगठन विस्तार गर्दै समाजवादका लागि भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस