बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस सहमहामन्त्रीमा २ बजेसम्म ४ जनाको उम्मेदवारी

शनिबार, २५ मङ्सिर २०७८, १४ : २०
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि शनिबार २ बजेसम्म ४ नेताको उम्मेदवारी परेको छ । दलित कोटातर्फ मान विश्वकर्मा, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, थारु कोटा तर्फबाट सुरेन्द्र प्रसाद चौधरी र पिछडिएका क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । 

काँग्रेस महाधिवेशनबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ।  निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि साँझ ५ बजेसम्मको समय दिएको छ भने नेताहरु आफ्नो प्यानल तय गर्न व्यस्त रहेकाले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्ने क्रम बढ्ने निश्चित छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप