आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खारिएर मात्रै हुँदैन, पार्टी हाँक्ने धेरै विशेषता चाहिन्छ : प्रकाशमान सिंह

शनिबार, २५ मङ्सिर २०७८, १४ : १७
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टीमा खारिएर मात्रै नहुने भन्दै पार्टी हाँक्न नेतामा विभिन्न विशेषता चाहिने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्ने क्रममा सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका सिंहले पार्टी चलाउन विभिन्न विशेषता हुनुपर्ने बताएका हुन् । 

उनले देउवालाई नेता कार्यकर्तामाथि अन्याय गर्ने नेतृत्वको संज्ञा दिँदै सिंहले २७ गते हुने चुनावमा कार्यकर्ताले उनलाई भोट हालेमा हामी अन्याय नै सहन तयार छौँ भन्ने सन्देश जाने जिकिर गरे ।  ‘पार्टीमा नेतृत्व गर्न खारिएर मात्रै हुँदैन । अनुभव मात्रै भएर पनि हुँदैन’, उनले भने  सभापति बन्नका लागि धेरै विशेषता हुनुपर्छ । त्यागको भावना हुनुपर्छ, अवसर पाउँदा काम पनि गरेर देखाउनुपर्छ । संकट हुँदा समाधान गर्ने क्षमता पनि चाहिन्छ ।’ उनले त्यो क्षमता आफूमा रहेको पनि दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप