मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वागमती प्रदेशमा माओवादीका १ लाख ६० हजार संगठित पार्टी सदस्य

शनिबार, २५ मङ्सिर २०७८, १४ : ०७
शनिबार, २५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले वागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।

उनले यो सहित झण्डै १ लाख ६० हजार संगठित पार्टी सदस्य वागमती प्रदेशमा पुगेको बताए ।  त्यस्तै उनले वागमती प्रदेशमा ११८ वटा पालिका अधिवेशन सम्पन्न भएको भन्दै पार्टी केन्द्रको निर्देशन अनुसार पार्टी संगठन विस्तारमा कुनै कसर बाँकी नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप