बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक सुरु

शनिबार, २५ मङ्सिर २०७८, १३ : ५०
शनिबार, २५ मङ्सिर २०७८

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा सुरु भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए । 

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।

त्यसअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो ।  सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा छलफल गरेको छ। बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप