शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एक पटक प्रकाशमानको नयाँ नेतृत्वलाई हेरौँ: सुजाता कोइराला

शनिबार, २५ मङ्सिर २०७८, १३ : ४७
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंह नेतृत्वको नयाँ नेतृत्वलाई स्वीकार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन् । शनिबार प्रकाशमान सिंहको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सोही टीमको उपसभापति पदकी उम्मेदवार कोइरालाले पार्टीलाई गति दिन पनि नयाँ नेतृत्वको जरुरी रहेको बताइन् । 

उनले आफू नै पनि सभापतिको दाबेदार भए पनि प्रकाशमानको भिजन र दृष्टिकोणलाई स्वीकारेर उपसभापतिको उम्मेदवार बन्न तयार भएको बताइन् । उनले काँग्रेसको जनाधार खस्किँदै गएको भन्दै पार्टीलाई बलियो बनाउन सिंहको नेतृत्व जरुरी रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप