माओवादी बागमती प्रदेश अधिवेशन : तीन नेता अध्यक्ष बन्ने होडमा !
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि तीन नेता मुख्य दौडमा रहेका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री प्रदेश अध्यक्षको बन्ने दौडमा रहेका हुन् । उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीव्र लबिङ गर्दै आएका छन् । माओवादीमा सहमतिबाट नै नेतृत्व चयन गरिने हुँदा उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन लबिङ थालेका हुन् ।
प्रदेशसभा सदस्य समेत समेत रहेका खड्का तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । पार्टीमा योगदानको मूल्यांकन गर्दै युवा पुस्ता समेत भएकाले आफूलाई अवसर दिनुपर्ने पक्षमा खड्का देखिएका छन् । यस्तै काभ्रेका पुराना नेता गौतम पनि उत्तिकै सशक्त दावेदार रहेका छन् । केन्द्रीय नेताहरुसम्म राम्रो पहुँच हुनुका साथै नेता कार्यकर्तामा राम्रो भिजेका उनी पनि उत्तिकै सशक्त दावेदार रहेका छन् ।
जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । माओवादीको शनिबार देशभर एकसाथ प्रदेश अधिवेशन उद्घाटन हुने कार्यक्रमअनुसार बागमती प्रदेशको पनि काठमाडौंका एक पार्टी प्यालेसमा अधिवेशन हुने तय भएको छ । प्रदेश अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर