बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

लघुकथा : मौन विस्फोटन

शनिबार, २५ मङ्सिर २०७८, १२ : ५७
शनिबार, २५ मङ्सिर २०७८

उसलाई आफ्नो काँधमा बोकेर कहिले बेँसीको खेत कहिले घर गर्ने, कहिले दाउराको भारी माथि त कहिले पछ्यौरी बाँधेर हुर्काएकी आमा आज स्ट्रेचरमा कसैको प्रतीक्षा छन् मात्र वल्लो कोठाबाट पल्लो कोठामा जानको लागि । 
...
उसले नमागे पनि धेरै ज्ञान दिए सबै जनाले, नचाहिएको सल्लाह पायो धेरै जनाको । र, नगरेको गल्तिको हप्काई पनि खायो कसै कसैको त । तर उसले मागेको ज्ञान, उसलाई चाहिएको सल्लाह र आवश्यक परेको सहयोग कहिले पाउन सकेन । 

त्यसैले अन्य साथीजस्तै उ पनि भासियो खाडीतर्फ । आमाको अवस्था बारेमा खवर पाएपछि फर्कियो घर । सम्झियो आफ्नो कर्तव्य, जसरी पनि आमालाई बचाउनुको । र, दौडियो राजधानीतर्फ, इस्टकोटको खल्तिमा आमाले पालेको लैनो भैंसी र दशैँमा बेच्न भनि पालिएका बाख्रा, बुबाको औँठी, आमाको कानका ढुंग्री र उसले अरबको वालुवामा पोखेको पसिनाको मोल बोकेर । 

डाक्टरसाब बोल्दै गए । उ ध्यानपूर्बक सुनिरह्यो तर बुझ्न सकेन । डाक्टरले पर्चामा लामो लिस्ट बनाउँदै गए, आज्ञाकारी छात्रजस्तै भएर हेरिरह्यो तर अक्षरको कुनै अर्थ पत्ता लगाउन सकेन । ‘भाइ तपाईं अब पहिला क्यास काउन्टरमा जानु, सबै कुरा राम्ररी सम्झाइ दिन्छन्,’ डाक्टरसाबले भने । 

उसलाई हतार भयो, हुत्तियो क्यास काउन्टरमा । जव उसलाई बिस्तारपूर्वक बताइयो, तब कसैले नदेख्ने गरी मौन बम विस्फोट भयो उसको मनमा । लैनो भैंसी, दशैँका बाख्रा, बुबाको औँठी, आमाको गहना र साउदीमा बगाएको पसिना सबै नै बगाउने गरेर आयो अप्रेशनको अनि अस्पतालको बिलको बाढी । अनि, उसले हेरिरह्यो, राजधानीको सुविधासम्पन्न विशाल अस्पताल ।
पोखरा–७, मासबार, कास्की                                                          
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप