पाकिस्तानमा आर्थिक संकट : पाकिस्तानी रुपैयाँ १ डलर बराबर १७८ नजिक पुग्यो
![पाकिस्तानमा आर्थिक संकट : पाकिस्तानी रुपैयाँ १ डलर बराबर १७८ नजिक पुग्यो](https://rpcdn.ratopati.com/media/albums/imran_WlZblVZGUv.jpg)
बढ्दो महँगाई र खाली हुँदै गरेको विदेशी मुद्रा सञ्चितीसँग जुझिरहेको पाकिस्तानको रुपैयाँ डलरको तुलनामा रेकर्ड स्तरमा कमजोर बनेको छ । शुक्रबार पाकिस्तानी रुपैयाँ ०.०६ प्रतिशत घटेर १७७.७१ प्रति डलर पुगेको छ ।
डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको कमीका कारण पाकिस्तानी रुपैयाँ रेकर्ड तल्लोस्तरलाई पनि पार गरेको छ । टपलाइन सेक्युरिटीजले गरेको एक सर्वेक्षकका अनुसार २०२२ को अन्त्यसम्म पाकिस्तानको रुपैयाँ डलरको तुलनामा १८०–१८५ रुपैयाँसम्म घट्ने बताइएको छ ।
पाकिस्तानी रुपैयाँ पछिल्लो सात महिनादेखि लगातार कमजोर बनिरहेको छ । यस वर्षको १४ मेमा पछिल्लो २२ महिनाकै सबैभन्दा कम १५२.२७ रुपैयाँ प्रति डलर पुगेको थियो । हालसम्म यसमा १६.७ प्रतिशत अर्थात् २५.४४ रुपैयाँ गिरावट आइसकेको छ । पाकिस्तानको केन्द्रीय बैंकले जारी गरेको तथ्याङ्कमा १ जुलाई २०२१ देखि शुरु भएको वित्तीय वर्षमा पाकिस्तानी रुपैयाँ १२.८० प्रतिशत अर्थात् २०.१७ रुपैयाँसम्म घटेको छ ।
गत शनिबार साउदी अरबले पाकिस्तानलाई तीन अर्ब डलरको कर्जा दिएको थियो । गत महिनाको २४ तारिखमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनीसँग देश चलाउन पैसा नभएको र कर्जा बढिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना