रुसले युक्रेनमाथि हमला गरे परिणाम गम्भीर हुनेछ : बेलायत

एजेन्सी । बेलायतकी विदेश सचिव लिज ट्रसले रुसलाई युक्रेनमाथि हमला गरे ‘गम्भीर आर्थिक परिणाम’ भोग्ने चेतावनी दिएकी छन् । लिभरपुलमा जी ७ राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकता प्रदर्शन गर्दै रुसको यो कदम ‘रणनीतिक गलती’ हुने दाबी गरिन् । उनले बेलायत र सहयोगी राष्ट्रहरुले रुसको यसप्रकारको कारवाहीलाई रोक्नुपर्ने जिकिर पनि गरिन् ।
रुस र युक्रेनको सीमामा तनाव बढ्दो छ । रुसले सीमामा आफ्ना सैनिकहरूको तैनाथी बढाइरहेको छ । तर, उसले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै पनि योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी गुप्तचर एजेन्सी सीआईएले भने अर्को वर्षको सुरुवातमा रुसले युक्रेनमाथि हमला गर्ने दाबी गरेको छ । रुसले युक्रेनमाथि उक्साहटको आरोप लगाएको छ । रुसले नेटा सेना र उसको सीमा नजिक हतियारको तैनाथीविरुद्ध ग्यारेन्टी माग गरेको छ ।
युक्रेनले युरोपेली संघ र रुस दुवैसँग सीमा साझा गर्दछ । तर, पूर्व सोभियत गणराज्यका रुपमा रुससँग उसको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ । युक्रेनमा सात वर्षदेखि गृहयुद्ध चलिरहेको छ र सन् २०१४ मा रुसले क्राइमियामाथि कब्जा जमाएको थियो ।
युक्रेनको पूर्वी क्षेत्रमा सक्रिय अलगाववादीहरु पनि रुसलाई समर्थन गर्दछन् । रुसले भने युक्रेनमा जारी संघर्षमा आफ्नो कुनै पनि संलग्नता नभएको दोहो¥याउँदै आएको छ । युक्रोन नेटो सुरक्षा संगठनको हिस्सा बन्न चाहन्छ । रुस नेटो सेना आफ्नो सीमा छेउमा नआओस् भन्ने चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन