काँग्रेस सभापतिमा ५ जना उम्मेदवार !
नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन् भने उनको टीमबाट सुजाता कोइराला उम्मेदवार बन्ने निश्चित भएको छ । अन्य उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ ।
यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरिराखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन् । देउवालाई कृष्ण प्रसाद सिटौला समूहले पनि समर्थन गर्ने बताइएको छ ।
सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए । उनले उम्मेदवारी दर्ताअघि आफ्नो टीमबाट चुनाव लड्ने उम्मेदवारबारे छलफल गर्दैछन् । आफ्नो टीमबाट सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले भने अब उम्मेदवार नबन्ने बताएका छन् । यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन् ।
काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण