सुजाताले किन रोजिन् प्रकाशमानको क्याम्प ?
नेपाली काँग्रेसभित्र बीपी र गिरिजाप्रसाद कोइरालाको लिगेसी बोक्ने नेताहरुमा तीनजनाको नाम आउने गरेको थियो– शशांक, शेखर र सुजाता कोइराला । तर, शनिबार बिहान सुजाता कोइरालाले प्रकाशनमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै कोइराला परिवारका तीन नेताको सहकार्य टुटेको छ । आखिर आफ्ना दाजु डा. शेखर कोइरालालाई साथ नदिएर सुजाताले किन रोजिन् त प्रकाशमानको क्याम्प ?
शनिबार उम्मेदवारी दिन जाँदै गर्दा सुजाता कोइरालाले रातोपाटीसँग भनिन्, ‘प्रकाशमानजीलाई मैले समर्थन जनाएँ । म उहाँको टीमबाट उपसभापतिमा चुनाव लड्दैछु ।’
प्रकाशमान सिंह गणेशमानजीको छोरो रहेको र आफ्नै पनि व्यक्तित्व भएकाले उनलाई सघाएको सुजाताको भनाइ छ । साथै सिंहले महिलालाई पनि सम्मान गरेको उनले बताइन् । यसैबाट प्रभावित भएर सिंहलाई सहयोग गर्नुपर्छ भन्ने लागेको सुजाताको भनाइ छ । साथै महिलाहरु पसिन नेतृत्वमा आउन आवश्यक रहेको उनले बताइन् ।
सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिन लागेकी गिरिजापुत्री सुजाताले रातोपाटीसँग भनिन्, ‘नयाँअनुहार आउनुपर्यो, अनि मान्छेलाई उर्जा हुन्छ । चौधौं महाधिवेशनमा नहाँ अनुहार आयो भने हामी आगामी चुनाव पनि जित्न सक्छौं । चुनावमा महिला, जनजाति, खस सबैको भोट तान्न सक्छौं ।’
कोइराला परिवारबाट यसअघि डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला तीनैजनाले सभापतिमा दाबी गर्दै आएका थिए । यसक्रममा तीनैजनाले डिनर बैठक गरेका तस्बिरहरु पनि आउने गरेका थिए । पछिल्लो समयमा सुजाताले रामचन्द्र पौडेललाई भेटेर संस्थापन इत्तर पक्षको साझा उम्मेदवार तय गर्न भनेकी थिइन् । साथै उनले सभापतिमा आफ्नो दाबी छाडेकी थिइन् ।
तर, सभापतिमा दाबी छाडे पनि सुजाताले शशांक वा शेखरलाई सघाउने र कोइराला परिवार एउटै कित्तामा उभिने मानिसहरुको अनुमान थियो । तर, उनी कोइराला क्याम्प छाडेर गणेशमान कित्तामा पुगेकी छिन् ।
महाधिवशेनको मिति नजिकिँदै जाँदा डा. शशांक कोइरालाले पनि सभापतिमा आफ्नो दाबी छाड्ने सम्भावना बढेको छ भने रामचन्द्र पौडेल पनि चुनाव नलड्ने संकेत देखिएको छ । यो अवस्थामा संस्थापन इत्तर पक्षबाट प्रकाशमान र शेखर कोइराला खडा हुने सम्भावना बढेको छ ।
सुजाताले आखिर किन शेखर कोइरालालाई साथ नदिएर प्रकाशमानलाई सघाएकी होलिन् ? रातोपाटीको यो प्रश्नमा शेखर कोइरालानिकट एक नेताले भने, ‘शेखरजी सभापतिमा उठ्दा कोइराला परिवारबाटै सुजातालाई उपसभापतिको उम्मेदवार बनाउन सम्भव थिएन, त्यसैले उहाँ उता जानुभएको हो । सुजाताले उताबाट उपसभापतिमा उम्मेदवारी दिँदैमा शेखर कोइरालालाई खासै असर पर्दैन ।’
शेखरको टिम तयार
यसैबीच सभापतिका दाबेदार डा. शेखर कोइरालाले पनि आफ्नो टीम तयार पारेका छन् । महामन्त्रीमा गगन थापालाई उठाउने गरी डा. कोइरालाको टिम तयार भएको छ । कोइरालानिकट स्रोतले भन्यो, ‘हाम्रो टिम पूरै तयार भइसकेको छ, केही ढीलो गरी उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’