सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोहोराटार पुगेका नेताहरुलाई रामचन्द्रले भने– अब सभापतिमा चुनाव लड्दिनँ

शनिबार, २५ मङ्सिर २०७८, ११ : ४३
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने र कसैले साझा उम्मेदवार तयार गर्न सकेको खण्डमा सहयोग भर्ने गर्ने बताएका हुन् । 

पौडेल सके आफ्नै नाममा  र त्यो नभए सभापतिका आकांक्षी नेताहरुमध्येबाट एक जना साझा उम्मेदवार तयार हुनुपर्ने पक्षमा थिए । तर सहमति बिनै प्रकाशमान सिंह सभापतिको दौडमा अघि सरेपछि निराश बनेका पौडेलले अब आफू सभापतिको रेशमा नरहेको बताएका हुन् । 

शनिबार बिहान पौडेल निवास बोहोराटारमा नेताहरु मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, बद्री पाण्डे, महेश आचार्य, गगन थापालगायत नेताहरु छलफलका लागि पुगेका थिए । सो क्रममा उनले आफूले सभापतिको चुनाव नलड्ने र कसैको नाममा सहमति जुटेको खण्डमा आफूले सहयोग गर्ने पौडेलले बताएका एक नेताले जानकारी दिए । 

पौडेल पक्षमा निरन्तर सहमतिका लागि प्रयास भएपनि सहमति जुटेको छैन । पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह ब्याक नहुँदा भद्रगोलको अवस्था आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप