आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्दै आकाङ्क्षीहरू (तस्बिरहरू)

शनिबार, २५ मङ्सिर २०७८, ११ : २२
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । विभिन्न पदका आकाङ्क्षीहरू दलबलसहित उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभा गृह पुग्ने क्रम जारी रहेको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । 

काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार  शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।   सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप