शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपासना फेरि एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडर

शनिबार, २५ मङ्सिर २०७८, ११ : १९
शनिबार, २५ मङ्सिर २०७८

पछिल्लो समय यूवा पुस्ता माझ राम्रो क्रेज बनाउन सफल अभिनेत्री उपासनासिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन् । यसअघि पनि एक बर्षको ब्राण्ड एम्बेस्डर बनेकी ठकुरीलाई संस्थाले  पुनः नियुक्त गरेको हो ।

काठमाडाैंमा आयोजना गरिएको एक कार्यक्रमका बीच संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईले यूवा पुस्तामाझ उपासनाको क्रेज र विद्यार्थीहरु माझ संस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रवाहका कारणले उनलाई पुनः ब्राण्ड एम्बेस्डर रूपमा नियुक्त गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा संस्थाका व्यवस्थापक संयोजक ईश्वरराज मैनालीले ठकुरी पुनः नियुक्तिले संस्था अझै माथि पुग्ने विश्वास रहेको बताए ।

अभिनेत्री उपासना सिंहले आफूलाई विश्वास गरेर संस्थाले पुनः ब्राण्ड एम्बेसडरको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरिन् । ‘संस्थाले म माथि गरेको विश्वासलाई म डगमगाउन दिन्न’ उनले भनिन् । एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया, सिड्नी निर्देशक सुनिल उप्रेतीले पछिल्लो समय यूवा पुस्ताकी प्रिय अभिनेत्री उपासना सिंह ठकुरीको संस्थामा पुन आवद्दता बिद्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको कुरा बताए ।

यसैबीच सस्थाले विद्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संस्थाले पुस ७ मा काठमाडौ, ९ पोखरा, ११ इटहरी, १२ दमक, १३ विर्तामोड, २३ हेटौंडा, २४.चितवन र  २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्न लागेको जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप