कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ ।
नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको काँग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी