‘ए’ डिभिजन लिग : सातदोबाटो र एनआरटी भिड्दै, शेर्पाको सामना गर्दै मछिन्द्र
सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरण जारी रहँदा दोस्रो दिन दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे र साँझ पौने ५ बजे खेल हुनेछन् । शनिबारको पहिलो खेलमा नवप्रवेशी सात दोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच भिडन्त हुनेछ । सात दोबाटो प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।
यदि ह्याट्रिक जित निस्किए सात दोबाटो पुनः एक पटक शीर्ष स्थानमा उक्लनेछ । सात दोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा छ । खराब प्रदर्शनमा रहेकाे एनआरटी भने पहिलो जितको खोजीमा छ । विदेशीसहित केहीस्तरीय राष्ट्रिय खेलाडी सम्मिलित एनआरटीले सोच अनुरुप लिगमा प्रदर्शन दिन सकेको छैन । एनआरटी ३ खेलबाट २ अङ्क जोडेर ११ औँ स्थानमा छ ।
दिनको दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि जोगाउने योजना बनाएको मछिन्द्र सिष्टममा फुटबल खेल्दै गरेका शेर्पालाई पराजित गर्दै आफ्नो यात्रलाई अगाडि बढाउने प्रयासमा हुनेछ ।
अधिकांश राष्ट्रिय टोलीका खेलाडी रहेको मछिन्द्र खेलमा पकड जमाउँदै शेर्पाबाट तीन अङ्क जोड्न दाउमा छ । । ७ अङ्क जोडेको मछिन्द्र चौंथो स्थानमा छ । शेर्पासमेत मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजाको दाउँमा छ । युवा र विदेशी खेलाडी मिश्रित शेर्पा पहिलो जित निकाल्ने योजनामा छ । शेर्पा ३ खेलमा २ अङ्क जोडेर १० औँ स्थानमा छ । जारी लिगमा १० जित निकालेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ