आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको गण्डकी अधिवेशन : ८४६ प्रतिनिधि सहभागी

शनिबार, २५ मङ्सिर २०७८, ०९ : ३३
शनिबार, २५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन् ।

प्रदेशको प्रथम अधिवेशन  विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए । माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी संठनात्मक कामलाई अघि बढाइने छ । अधिवेशनमा यसबारे व्यापक छलफल हुन्छ,’ उनले भने, ‘अधिवेशनमा विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफल केन्द्रित रहन्छ ।’

पोखरामा हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ८४६ प्रतिनिधि सहभागी हुनेछन् । पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ । एक गैरभौगोलिकसहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशनहरू सकिएकाे माओवादीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप