बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल निवासमा साझा उम्मेदवारको खोजी, प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा

शनिबार, २५ मङ्सिर २०७८, ०९ : ३१
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरु छलफलमा  जुटेका छन् । पौडेलको निवास बोहोरा टारमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी,  बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।

पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको पाइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि पौडेल समूहले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन ।

मंगलबारबाट निरन्तर छलफलमा रहेको पौडेल समूहमा नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अड्डीका कारण उम्मेदवार छनोटमा अड्चन देखिएको छ । पौडेल र शशांकले प्रकाशमान र शेखर मिलेर आए आफू छोड्न तयार रहेको बताएका थिए । 

तर उनीबीच कुरा मिल्न नसकेपछि पौडेल समूह सभापतिको उम्मेदवार तय गर्न असफल भइरहेको छ । पौडेल निवासमा साझा उम्मेदवारको खोजी भइरहेका बेला नेता सिंहले छुट्टै उम्मेदवारी घोषणा गर्दै छन् । विहान १० बजे उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्न जाने सिंहको तयारी छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप