माओवादी प्रदेश सम्मेलन : सुदूरपश्चिममा मतदाता नामावली प्रकाशन गर्ने अन्तिम तयारी
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनमा मतदाता नामावली प्रकाशन तयारीमा जुटेको छ । आज धनगढीमा माओवादी केन्द्रको सुरु हुन थालेको सो सम्मेलनमा निर्वाचन अधिकृत डा केदार चन्द्र भट्टराई मतदाता नामावली प्रकाशन गर्ने तयारीमा जुटेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरदसिंह भण्डारी ले रातोपाटी लाई जानकारी दिए ।
बिहान प्रदेशका सबै जिल्ला बाट आएका प्रतिनिधिको नाम ईन्ट्री गर्ने काम भइरहेको उनले बताए । सम्मेलनमा एक हजार एक सय प्रतिनिधि सहभागी हुने उनले बताए । कैलालीका केही स्थान र पहाडका नजिक क्षेत्रका केही ठाउँबाट प्रतिनिधि पुग्न बाकी छ तर पनि निर्धारित समयमा पुग्ने जानकारी आएको उनले बताए ।
आज १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल को माध्यम बाट सम्मेलनको उद्घाटन गर्ने उनले बताए । यस अघि सुदूरपश्चिम प्रदेशका ७३१ वडा र ८८ पालिका मध्ये ८७ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल