बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

धान बेच्न पनि सिफारिस !

शनिबार, २५ मङ्सिर २०७८, ०७ : ५७
शनिबार, २५ मङ्सिर २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस माग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफारिस पत्र नपाउँदा केन्द्रमा तोडफोडसमेत गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहिचान गराएर मात्रै धान खरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । गत वर्षको भन्दा आधा जति मात्रै धान खरिद गर्ने निर्देशन प्राप्त भएको र धान बिक्री गर्ने किसान धेरै भएकाले सिफारिसका लागि तँछाडमछाड भएको प्रमुख विष्टले बताए ।

स्थानीय व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा कममा मात्रै धान खरिद गर्ने भएकाले किसान कम्पनीलाई नै धान बेच्न चाहन्छन् । कम्पनीले बाँकेका किसानबाट यस वर्ष २५ हजार क्विन्टल मात्रै खरिद गर्ने भएपछि आफ्नो पालो सुनिश्चित गर्न एकै पटक सयौँ किसान कृषि ज्ञान केन्द्र पुगेको प्रहरीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप