काँग्रेसको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना
नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । काँग्रेसको जारी १४औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर काँग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।
संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकतन्त्र र व्यवस्थाका आधार स्तम्भलाई क्रमशः कमजोर बनाएको प्रतिवेदनमार्फत आरोप लगाइएको छ ।
‘जननिर्वाचित सरकारले नेपालको संविधानलाई नै असफल बनाउने प्रयास निरन्तर गरियो र नाम मात्रको बहुदलीय तर निरङ्कुश र केन्द्रीकृत कम्युनिस्ट शासन लाद्ने कुत्सित नियतका साथ योजनाबद्ध तरिकाले गरिएको एकपछि अर्को अलोकतान्त्रिक कदमविरुद्ध मुलुकका लोकतान्त्रिक शक्ति सहज र सतर्क रहँदै संघर्षको मैदान परिस्थितसमेत निर्माण भयो,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बाध्यात्मक परिस्थितिका सिर्जना भएपछि मुलुकको एक मात्र लोकतान्त्रिक र ऐतिहासिक पार्टीले मुलुकमा बढ्दै गएको सर्वसत्ताविरुद्ध नेतृत्व लिँदै सबै लोकतान्त्रिक प्रगतिशील शक्तिबीचमा एकता र सहकार्य गरी केपी शर्मा ओली नेतृत्वको पार्टीले सम्मानित सर्वोच्च अदालतलाई समेत अनेक विवादमा तानेर न्यायालयको गरिमा र जनविश्वाससमेत कार्य गर्यो ।’
महामन्त्री कोइरालाले आफ्नै सहकर्मी र सहकर्मी दलप्रति अनुदार व्यवहार गरेको उल्लेख गर्दै परिणाम स्वरूप दुई तिहाइको सरकार ढलेको पनि निष्कर्ष निकालेका छन् । ‘सत्ताका उन्माद र अहङ्कार तथा सरकारमा सहभागी सहकर्मी दल तथा आफ्नै पार्टीभित्रको आपसी असमझदारीलाई अन्त्य गरी सबै पक्षलाई एकताबद्ध गरी अगाडि बढाउनुको सट्टा फरक विचार राख्ने आफ्नै पार्टीभित्रका सहकर्मी नेता तथा सहकर्मी दललाई किनारा लगाउने र आफ्नो स्वेच्छाचारितालाई थप सुदृढ बनाउने अहङ्कारका कारण केपी शर्मा ओली नेतृत्वको केन्द्र र प्रदेशहरूमा सत्ताबाट विस्थापित हुनु पर्यो,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘फलस्वरूप मुलुकको लोकतान्त्रिक र ऐतिहासिक नेपाली काँग्रेसका कारण शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्व र अगुवाइमा मुलुकको राजनीतिक सङ्कट र अन्योलको निकासका लागि लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता र सहकार्य सम्भव भयो ।’
महामन्त्री कोइरालाले संयुक्त प्रतिवेदनमा उल्लेख गरे अनुसार ओली सरकार ढलेपछि काँग्रेसले देउवाको नेतृत्वमा केन्द्रमा, ७ वटा प्रदेशमध्ये लुम्बिनी र कर्णाली प्रदेशमा काँग्रेसमा सरकार बनाउन सफल भएको मात्रै उल्लेख गरेका छैनन्, प्रदेश १, २ र लुम्बिनी प्रदेशमामा काँग्रेसको सम्मानजनक सहभागिता गराउन पनि सफल भएको जनाएका छन् । अब स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन गराउने जिम्मेवारी पनि देउवाको काँधमा रहेको उल्लेख गर्दै काँग्रेस त्यसैमा लाग्नु पर्नेमा जोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार