बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क, केन्द्रीय सदस्यमा १० हजार

शनिबार, २५ मङ्सिर २०७८, ०७ : २१
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ । यसैगरी सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ । काँग्रेसको सभापतिसहित १३४ पदमा सोमबार मतदान हुँदैछ भने आज मनोनयन दर्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप