आगामी साता पश्चिमी नयून चापीय प्रणालीले हिमपातको सम्भावना
शनिबार, २५ मङ्सिर २०७८, ०६ : ५८
मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ। साताको सुरु र अन्त्यतिर देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र घाम लाग्दै गएपछि बिस्तारै कम हुँदै जाने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान