बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत

शुक्रबार, २४ मङ्सिर २०७८, १५ : ००
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।

सहमतिको प्रयास स्वरुप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दावेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । 

आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम फुडल्याण्डबाट हिँडेका थिए ।  उनले आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरेपनि बैठकमा सहमति जुटेको थिएन भने अन्य नेताको नाममा छलफल हुन थालेपछि बाहिरिएको एक नेताले बताए । उनले आफूले सभापतिमा उम्मेदवारी दिने अडानबाट पछि नहट्ने बताउँदै आएका छन्। उनी बाहिर आएपछि शेखरले पनि आफू कुनै हालतमा पछि नहट्ने अड्डी लिएका थिए । 

त्यसपछि शनिबार फेरि एकपटक छलफल गर्ने भनेर बैठक टुङ्ग्याइएको ती नेताको भनाइ छ । शनिबार काँग्रेसको निर्वाचन सुरु हुँदै गर्दा पौडेलले उम्मेदवार टुंग्याउन नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप