सहमति बिनै सकियो पौडेल समूहको बैठक, शेखर र प्रकाशमानको अडान यथावत्
नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।
सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए ।
आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम फुडल्याण्डबाट हिँडेका थिए ।
उनले आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरे पनि बैठकमा सहमति जुटेको थिएन भने अन्य नेताको नाममा छलफल हुन थालेपछि बाहिरिएको एक नेताले बताए । उनले आफूले सभापतिमा उम्मेदवारी दिने अडानबाट पछि नहट्ने बताउँदै आएका छन्। उनी बाहिर आएपछि शेखरले पनि आफू कुनै हालतमा पछि नहट्ने अड्डी लिएका थिए ।
त्यसपछि शनिबार फेरि एकपटक छलफल गर्ने भनेर बैठक टुङ्ग्याइएको ती नेताको भनाइ छ । शनिबार काँग्रेसको निर्वाचन सुरु हुँदै गर्दा पौडेलले उम्मेदवार टुङ्ग्याउन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान