आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
शुक्रबार, २४ मङ्सिर २०७८, २२ : ०५
काँग्रेस रसुवाका नेता मोहन आचार्यले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । प्रतिनिधिसभा सांसद समेत रहेका आचार्यले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै देशभरका प्रतिनिधिले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
विकासप्रेमी नेता आचार्य रसुवामा जनतामाझ लोकप्रिय रहेका छन् भने लोकप्रियताकै कारण संसदको चुनावमा उनले लोकप्रिय मत ल्याएर विजय हासिल गर्दै आएका छन् । काँग्रेसमा निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का