आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटौला समूहका चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित

शुक्रबार, २४ मङ्सिर २०७८, २२ : ००
शुक्रबार, २४ मङ्सिर २०७८

कृष्णप्रसाद सिटौला निकटका उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने निश्चित भएको छ । देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए । 

थारु कोटाबाट चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । देउवा समूहमा रामजनम चौधरी र योगेन्द्र चौधरी सहमहामन्त्रीका दाबेदार थिए । सिटौलाले देउवालाई साथ दिने भएपछि रामजनम र योगेन्द्र ब्याक भएका छन् । उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

यस्तै प्रदीप पौडेललाई महामन्त्री बनाउनेबारे करिब सहमति भइसकेको भन्दै ती नेताले औपचारिकता दिन भने बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप