काँग्रेसको आर्थिक प्रतिवेदन : आम्दानी बढ्यो, खर्च घट्यो
नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औँ महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश गरेकी छन् । प्रतिवेदनमा आर्थिक वर्ष २०७२–७३ देखि २०७७–७८ देखिको आय व्यय विवरण प्रस्तुत गरिएको ५ । पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण लेखापरीक्षक एनएसए एन्ड एसोसिएटले गरेको थियो ।
पछिल्लो आय व्यय विवरणअनुसार पार्टीले ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आय गरेको उल्लेख छ । जसमा ९ करोड २४ लाख ९४ हजार ९९४ रुपैयाँ दस्तुर र नवीकरणबाट प्राप्त भएको प्रतिवेदनमा भनिएको छ । त्यस्तै, १ करोड ३ लाख ४१ हजार ६५८ रुपैयाँ चन्दा र सहयोग कुपन र पब्लिकेशन बिक्रीबाट ८ लाख ३९ हजार ५० रुपैयाँ र अन्य आयबाट ८४ लाख ३५ हजार ५७० रुपैयाँ प्राप्त भएको उल्लेख छ ।
यता, पार्टीले कर्मचारी खर्च र साधारण तथा प्रशासनिक खर्च बापत ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ । यसरी पार्टीसँग खुद बचत ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको तुलनामा पार्टीको पार्टीको आम्दानी वृद्धि भएको र खर्च घटेको देखिएको छ । यादवका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो चौमासिक अवधि २०७८ कार्तिक मसान्तसम्मको अवधिमा पार्टीले ४ करोड ४९ लाख आय आर्जन गरेको र २ करोड ४८ लाख खर्च हुँदा २ करोड ११ लाख बचत भएको छ ।
उनका अनुसार कूल बचत विभिन्न वाणिज्य बैंकहरुमा गरी १ वर्षे मुद्दतिमा १० करोड तथा वचत चल्ति खातामा २ करोड जम्मा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी