कर्णालीमा माओवादी अधिवेशनको तयारी : प्रतिनिधिबाट प्रतिव्यक्ति १५ सय उठाइने
शनिबारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र)को प्रथम प्रदेश अधिवेशन सुरु हुनेछ । त्यसका लागि जिल्ला जिल्लाबाट माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु वीरेन्द्रनगर आउनेक्रम जारी छ ।
माओवादी केन्द्रकाअनुसार अधिवेशन भोलि मंसीर २५ र २६ गरी दुर्इ दिन चल्नेछ । अधिवेशनको तयारी पनि अन्तिम चरणमा पुगेको माओवादी केन्द्रले जनाएको छ । अधिवेशनको शनिबार दिउँसो १ बजेदेख औपचारिक रुपमा उद्घाटन गरिनेछ ।
माओवादी केन्द्रकाअनुसार अधिवेशनमा कर्णाली प्रदेशभरका झण्डै १२ सय प्रतिनिधिहरु उपस्थित हुनेछन् । माओवादी केन्द्रले प्रदेश अधिवेशनका लागि ‘आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा हाम्रो अभियान, नयाँ क्रान्तिकारी विचार र पार्टी निमार्णका लागि कर्णाली प्रदेश सम्मेलन’ भन्ने मुल नारा समेत तय गरेको छ । अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिनेछ ।
अधिवेशनस्थलको माओवादी केन्द्र कर्णाली प्रदेशका सह–इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार दिउँसो अवलोकन समेत गरिसकेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी भव्यताका साथ अधिवेशन गर्दैछौं । कर्णालीको विकास र सम्बृद्धिका लागि बहस केन्द्रीत गरिनेछ ।’
यसरी जुटाईँदैछ अधिवेशन खर्च
शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार अधिवेशनका लागि प्रतिनिधिहरुबाट खर्च उठाइनेछ । त्यसका लागि प्रत्येक प्रतिनिधिले रु. एक हजार पाँच सय प्रवेश शुल्क भनेर तिर्नुपर्नेछ ।
यस्तै पार्टीबाट सांसद, राजनीतिमा नियुक्त भएका र पार्टीको सदस्यता नवीकरण भएकाहरुबाट पनि शुल्क उठाइनेछ ।
पार्टी प्रवेश गर्नेको लहर
यस्तै बिहीबार अन्य दल त्यागेर दर्जनभन्दा बढी व्यक्तिले माओवादी दल रोजेका छन् । माओवादी केन्द्रका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा कालिकोट पचाझरना गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्ष पदका प्रत्याशी नेता भानुभक्त सन्ज्याल लगायत दर्जनभन्दा बढीले माओवादी केन्द्र रोजेका हुन् ।
उनीहरुलाई निर्वतमान मुख्यमन्त्री शाहीले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी