
भृकुटीमण्डपमा काँग्रेसको बन्दसत्र सुरु, पौडेल पक्ष भने बत्तीसपुतलीमा

नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरु भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुंगो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो ।
काँग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।
बन्दमा अहिले शेरबहादुर देउवा र र कृष्ण प्रसाद सिटौला समूहका शीर्ष नेताहरु मात्रै छन् । प्रतिनिधि भने सबै समूहका रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ